काठमाडौं । द भ्वाइस अफ नेपालबाट चर्चा कमाएका गायक सनिश श्रेष्ठको ‘तिम्रो बानी परेछ’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।
सनिशको स्वर रहेको गीतमा गीतकार दधि अधिकारीको शब्द रहेको छ भने गीतमा कल्याण सिंहले संगीत दिएका छन् ।
गीतमा गोपाल रसाइलीको एरेन्ज रहेको छ ।
गीतको भिडियोमा गायक सनिश श्रेष्ठ र पत्रकार ऋषि धमलाको श्रीमती नायिका एलिजा गौतमको अभिनय रहेको छ ।
गीतको भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका छन् ।