जसपाले संसद विघटनविरुद्ध आज जनप्रदर्शन गर्दै
Sunday, December 27th, 2020, 11:18 am
काठमाडौं
जनता समाजवादी पार्टी जसपाले संसद विघटनविरुद्ध आज जनप्रर्दशन गर्दैछ। दिउँसो १२ बजे रत्नपार्क शान्तिबाटिकाबाट विरोध र्याली निकाल्ने तयारी भएको जसपाले जनाएको छ।
र्यालीपछि शान्तिबाटिकामा नै हुने कोणसभालाई नेताहरु डा. बाबुराम भट्टराई, महन्थ ठाकुर र अशोक राईले सम्बोधन गर्ने कार्यक्रम रहेको जसपाले जनाएको छ।
संसद विघटनपछि जसपाले निरन्तर विरोधका कार्यक्रम गर्दै आएको छ। यस्तै प्रमुख प्रतिपक्षी कांग्रेसले भोलि देशव्यापी विरोध सभा गर्नेछ। सत्ताधारी दल नेकपाको असन्तुष्ट पक्ष प्रचण्ड नेपाल समूहले पनि पुस १४ गते विरोध सभा राखेको छ।