काठमाडौं । लोकप्रिय भारतीय गायक शानको ‘नक्कली कान्छी’ बोलको नयाँ नेपाली गीत सार्वजनिक भएको छ । भारतीय फिल्म र एल्बमका हजारौ गीतहरु गाएर लोकप्रिय भएका गायक शानले यसअघि पनि नेपाली फिल्म र एल्बमका लागि गीत गाइसकेका छन् ।
उनले गाएका ‘परेली रुझाई तिम्रो’, ‘आधा जिन्दगी’ बोलका गीतहरु निकै लोकप्रिय भएका थिए । भारतीय गायक शानको आवाज रहेको ‘ नक्कली कान्छी ’ बोलको नयाँ गीतमा रोकश काफ्लेको शब्द रहेको छ भने उमेश सुब्बाले गीतमा संगीत दिएका छन् ।
गीतको भिडियोमा ‘द काटुन क्रुज’ का सरोज अधिकारी र आश्मा विश्वकर्मालाई देख्न सकिन्छ । गीतको भिडियोलाई शान थापाले निर्देशन गरेका छन् भने गीतका राजीव समरको कोरियोग्राफी रहेको छ ।