बोगटी सुदूरपश्चिम प्रदेश उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा विजयी
Sunday, December 27th, 2020, 11:06 am
दिपायल
नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिमको अध्यक्षमा शङ्कर बोगटी विजयी हुनुभएको छ ।
डोटीको दिपायलमा रहेको सेती प्रादेशिक प्राविधिक शिक्षालयमा शनिबार महासङ्घको चौथो वार्षिक साधारणसभामा बोगटी सर्वसम्मत अध्यक्ष पदमा चयन हुनुभएको उद्योग वाणिज्य सङ्घ डोटीका महासचिव दीपकबहादुर खड्काले जानकारी दिनुभयो ।
त्यस्तै उपाध्यक्षमा कैलाली टीकापुरका रामबहादुर भण्डारी पनि सर्वसम्मत चयन हुनुभएको छ । एशोसिएट उपाध्यक्षमा कैलालीकै अनिलकुमार भुजनिया र कोषाध्यक्षमा बझाङका दानकुमार शर्मेली विजयी हुनुभएको छ ।