पुलबाट मोटरसाइकल सहित धोबीखोलामा खसेर एक जनाको ज्यान गयो
Sunday, December 27th, 2020, 11:00 am
काठमाण्डौं
काठमाण्डौको चाबहिल गोपिकृष्णहल नजिकैको पुलबाट मोटरसाइकल सहित खसेर एक जनाको ज्यान गएको छ ।
बा २६ प ४०२१ नम्बरको मोटरसाइकलका चालक सिन्धुली घर भएका २७ वर्षका लोकनारायण श्रेष्ठको पुलबाट खसेर ज्यान गएको प्रहरीले जनाएको छ । गुडिरहेको मोटरसाइकल राति पुलबाट धोबीखोलामा खसेको थियो । गम्भीर घाइते भएका श्रेष्ठको नेपाल–भारत अस्पताल चाबहिलमा उपचारको क्रममा ज्यान गएको हो ।