न्युक्यासललाई हराउदै सिटि प्रिमियर लिगको पाचौं स्थानमा
Sunday, December 27th, 2020, 10:49 am
एजेन्सी । प्रिमियर लिगमा हिजो भएको खेलमा न्युक्यासल युनाइडेडलाई हराउदै म्यानचेस्टर सिटि प्रिमियर लिगको पाचौं स्थानमा उक्लिएको छ । हिजो भएको खेलमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडलाई २–० को पराजित गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा सिटिका खेलको १४औ मिनेटमा रहिम स्टर्लिङको पासमा गुन्डोगानले गोल गर्दै सिटीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । निकै राम्रो प्रर्दशन गरेको सिटिले गोलका राम्रो मौकाहरुको सदुपयोग गर्न सकेन ।

दोस्रो हाफको ५५ औ मिनेट फेरान टोरेसले गोल गर्दै सिटिलाई २–० को अग्रता र जित दिलाए । यो जितसँगै सिटी १४ खेलबाट २६ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ ।

म्यानचेस्टर सिटि न्युक्यासलबिरुद्ध फरवार्ड ग्याब्रियल जिसस र डिफेन्डर केएल वाल्कर बिना नै उत्रिएको थियो । दुबै खेलाडीलाई कोरोना पुष्टि भएकाले खेलबाट बञ्चित थिए । यी खेलाडीका अलावा सिटीका थप दुई कर्मचारीलाई संक्रमण देखिएको हो ।
संक्रमित खेलाडी तथा कर्मचारीलाई प्रिमियर लिग र सरकारको मापदण्ड अनुसार एकान्तवासमा राखिएको छ । दुवै खेलाडीले प्रिमियर लिगको आगामी खेल गुमाउने सम्भावना रहेको छ ।