जेल्फी सिगर्डसनकाको गोलको मद्धतले एभर्टन उक्लियो दोस्रो स्थानमा
Sunday, December 27th, 2020, 10:34 am
एजेन्सी । हिजो प्रिमियर लिगमा सेफिल्ड युनाइटेडबिरुद्धको खेलमा एर्भटनका जेल्फी सिगर्डसन नायक साबित भएका छन् । हिजो भएको खेलमा एर्भटनले सेफिल्डको घरेलु मैदानमा १–० ले हराउदाँ सिगर्डसनले खेलको एकमात्र गोल गरेका थिए ।

पहिलो र दोस्रो हाफको गोलको खडेरी तोड्दै जेल्फी सिगर्डसनले खेलको ८० औ मिनेटमा गोल गर्दा एर्भटन विजयी भएको हो । जितसगैं एर्भटन प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
जेल्फी सिगर्डसनले क्लबलाई महत्वपूर्ण ३ अङक दिलाउदाँ एभर्टन १५ खेलबाट २९ अंक जोड्दै दोस्रोमा उक्लिएको छ । एर्भटन शीर्ष स्थानमा रहेको लिभरपुलभन्दा २ अङक र एक खेलले पछाडि रहेको छ । शीर्ष स्थानको लिभरपुलको १४ खेलबाट ३१ रहेको छ ।