नयाँ प्रकारको कोरोनाको संक्रमण विश्वभर फैलँदै
Sunday, December 27th, 2020, 10:31 am
काठमाडौं
बेलायतमा केही साता अगाडि देखा परेको कोरोनाको नयाँ प्रकार (भेरियन्ट) विश्वका अन्य मुलुकहरुमा पनि तीव्ररुपमा फैलिएको छ ।
नयाँ प्रकारको भाइरस विभिन्न युरोपेली मुलुक, क्यानडा र जापानमा समेत देखिएको बिबिसीले जनाएको छ ।
नयाँ प्रकारको भाइरस देखिएपछि विभिन्न मुलुकहरुले कोभिड-१९ विरुद्धको खोप लगाउने कार्यलाई तीव्रता दिइएको छ । छिमेकी मुलुक भारतले बेलायतमा नयाँ प्रकारको भाइरस देखिएको भन्दै बेलायतमा उडान बन्द गरेको छ ।