चैतबाट भूमिहीन तथा सुकुम्बासीलाई लालपूर्जा वितरण सुरु गर्ने तयारी
Sunday, December 27th, 2020, 10:25 am
काठमाडौं ।
चैतबाट भूमिहीन तथा सुकुम्बासीलाई लालपूर्जा वितरण सुरु गर्ने भूमि सम्बन्धी समस्या समाधान आयोगले तयारी गरेको छ ।
पहिलो चरणमा सम्झौता गरेका १४ स्थानीय तहमा चैतदेखि लालपूर्जा वितरण गर्ने लक्ष्य रहेको आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।
ज्ञवालीका अनुसार पहिलो चरणमा आयोगले सम्झौता गरेका १४ स्थानीय तहमा फागुनसम्ममा तथ्यांक संकलन तथा जग्गाको नापजाँच गरिसक्ने र चैतबाट लालपूर्जा वितरण गर्ने लक्ष्य छ । ज
देशको पछिल्लो राजनीतिक परिस्थितिले आयोगको काममा कुनै असर नपर्ने र आयोग कानूनी आधारमा टेकेर गठन भएको भन्दै ज्ञवालीले विगतमा बनेका आयोगजस्तो समस्या नआउने दाबी समेत गर्नु भएको छ।