लेस्टर र युनाईटेडले खेले बराबरी
Sunday, December 27th, 2020, 10:20 am
एजेन्सी । प्रिमियर लिगमा शनिबार भएको खेलमा लेस्टर सिटिले म्यानचेस्टर युनाइटेडसंग बराबरी खेलेको छ । लेस्टरको घरेलु मैदानमा भएको खेल म्यानचेस्टर र लेस्टरले २–२ गोलको बराबरी खेल्दै अङक बाँडेका हुन् ।

ब्रुनो फर्नान्डेजले उपलब्ध गराएको पासलाई मार्कुस रासफोर्डले २३ औ मिनेट गोलको दिशा दिदाँ म्यानचेस्टरले सुरुवाती अग्रता लिएको थियो ।
प्रतिस्पर्धात्मक भइरहेको खेलको ३१ औ मिनेटमा हार्वे बान्र्सले लेस्टरका लागि बराबरी गोल फर्काए ।

पहिलो हाफ १–१ को बराबरीमा सकियो र दोस्रो हाफको ७९ औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाईटेडलाई पुनः अग्रता दिलाएका थिए । खेलमा अगाडी रहेको म्यानचेस्टरका एलेक्स टुआनजेबेले आफ्नै पोस्टमा गोल गरेपछि खेल २–२ को बराबरीमा आएको हो ।

बराबरीपछि एक–एक अङक बाढेसगैं लेस्टरले १५ खेलबाट २८ अङक पाएको छ भने म्यानचेस्टरले १४ खेलबाट २७ अङक पाएको छ । बराबरी खेलेका दुबै क्लब क्रमशः तेस्रो र चौथो स्थानमा झरेका छन् ।
शीर्ष स्थानको लिभरपुलको १४ खेलबाट ३१ अङक रहेको छ । शीर्ष स्थान कायमै राखी अङक दुरी बढाउन लिभरपुलले आइतबार वेस्टब्रुम अचाल्वियनको सामना गर्दैछ ।