चेल्सीमाथि आर्सनलको जित
Sunday, December 27th, 2020, 9:59 am
एजेन्सी । प्रिमियर लिग फुटबलको आर्सनलले चल्सीलाई पराजित गरेको छ । शनिबार राति ईमिरेट्स मैदानमा भएको लण्डन डर्बीमा आर्सनलले चेल्सीलाई ३–१ गोल अन्तरले हराएको हो । खराब प्रर्दशन गरिरहेको आर्सनलले चेल्सी माथि ठुलो जित निकालेको हो ।
आर्सनलका अलेक्जेन्ड्रे लाकाजेटले पेनाल्टीमार्फत खेलको ३४ औ मिनेटमा आर्सनललाई अग्रता दिलाएका थिए ।

ग्रेनिट जाकाले फ्रि–किकमार्फत खेलको ४४ औ मिनेटमा शानदार गोल गर्दै आर्सनललाई पहिलो हाफमा २–० को अग्रता कायम गर्न मद्धत गरे ।

पहिलो हाफको उत्कृष्ट लयलाई कायम राख्दै आर्सनल दोस्रो हाफमा ३–० को अग्रता बनायो । आर्सनलका लागि बुकायो साकाले दोस्रो हाफको ५६ औ मिनेटमा गोल गरे । चेल्सी खेलका टमी अब्राहमले खेलको ८५ औ मिनेटमा गोल गर्दै खेल ३–१ को नतिजामा ल्याए ।
खेलको अन्तिम समयमा चेल्सीले पेनाल्टी पायो तर चेल्सीका जोर्गिन्होको सुस्त प्रहारलाई आर्सनलका बर्न लेनोले बचाउ गरे र चेल्सीले खेल ३–१ हार्यो ।

हारसगैं चेल्सी १५ खेलबाट २५ अङक हासिल गर्दै लिगको सातौं स्थानमा झरेको छ भने जित निकाल्दै आर्सनल १५ खेलबाट १७ अंक जोड्दै तालिकाको १४ औं स्थानमा उक्लिएको छ ।