आज सुनको भाउ तोलामा १७ सय रुपैयाँ घट्यो
Tuesday, September 22nd, 2020, 11:11 am
काठमाण्डौ, ६ असोज । नेपाली बजारमा आज सुनको भाउ प्रतितोलामा १७ सय रुपैयाँले घटेको छ।
हिजो सुन तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज तोलाको ९५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै आज चाँदीको भाउ पनि तोलामा ९० रुपैयाँ घटेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ३० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ।