करेन्ट लागेर वडाध्यक्षको मृत्यु
Tuesday, September 22nd, 2020, 10:45 am
ओखलढुंगा, ६ असोज । करेन्ट लागेर माप्य दूधकोशी गाउँपालिका–५ सोलुखुम्बुका वडाध्यक्ष निमराज तामाङको मंगलबार मृत्यु भएको छ।
सदरमुकाम सल्लेरीस्थित आफ्नै घरमा निर्माण सामग्री सार्दा हाइटेन्सन लाइनमा छोइएर वडाध्यक्ष तामाङलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ।
उनलाई थप उपचारका लागि जिल्ला अस्पताल फाप्लु र्पुयाए पनि अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।