काभ्रेमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु
Tuesday, September 22nd, 2020, 10:31 am
काभ्रे, ६ असोज । कोरोना संक्रमणका कारण काभ्रेमा थप एक जना महिलाको मृत्यु भएको छ।
पनौती नगरपालिका ५, चौकोटको ५० बर्षीया महिलाको धुलिखेल अस्पतालमा सोमबार राति उपचारका क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।
धुलिखेल अस्पतालको भेन्टिलेटरमा १९ दिनदेखि उपचाररत ती महिला आमाशयको क्यान्सर रोगी पनि थिए र धुलिखेलमा उपचार गर्न आउनुअघि काठमाडौं मेडिसिटी अस्पतालमा ‘केमो’ लिने गर्दै आएको कोभिड १९ रोकथाम तथा नियन्त्रण कमान्ड पोस्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्र झाले बताएका छन्।
योसहित काभ्रेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ।