कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा थप १६ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४२७ पुग्यो
Monday, September 21st, 2020, 4:46 pm
काठमाण्डौ, ५ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ३ जना महिला र १३ जना पुरुष संक्रमितको मृत्यु भएको हो।
यसरी मृत्यु हुनेमा मकवानपुरकी १६ बर्षीया महिला, ललितपुरकी ५८बर्षीया महिला र दोलखाकी ५२ वर्षीया महिला रहेका छन्।
त्यस्तै, झापाका ७२ बर्षीय पुरुष, सुनसरीका ४९ बर्षीय पुरुष, पर्साका ८८ बर्षीय पुरुष, भक्तपुरका ८४ र ६२ बर्षीय पुरुष, काठमाडौंका ५८ र ७३ बर्षीय पुरुष, मकवानपुरका ६८ बर्षीय पुरुष, ललितपुरका ६१ बर्षीय पुरुष, चितवनका ५५ बर्षीय पुरुष, रुपन्देहीका ६७ बर्षीय पुरुष र बाँकेका ५० र ५९ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिएका छन्।
योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।