पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थपिए ६ सय ७४ कोरोना संक्रमित, स्थिति भयावह बन्दै
Monday, September 21st, 2020, 4:39 pm
काठमाण्डौ, ५ असोज । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ६ सय ७४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ५ सय ३८, ललितपुरका ६२ र भक्तपुरका ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
संक्रमित कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन । काठमाण्डौ उपत्यकामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएकाले स्थिति एकदम भयावह बन्दै गइरहेको छ।