भारतको राज्यसभामा अनुशासनहीन कार्य गरेको अभियोगमा ८ सांसद एक साताका लागि निलम्बित
Monday, September 21st, 2020, 1:23 pm
एजेन्सी, ५ असोज । भारतको राज्यसभाका आठ विपक्षी सांसद अनुशासनहीनताको आरोपमा एक साताका लागि निलम्बनमा परेका छन् । आइतबार राज्यसभामा कृषि सुधार विधेयकबारे छलफल चलिरहँदा ती आठ विपक्षी सांसदहरु तोडफोडमा उत्रिएका थिए।
राज्यसभाका अध्यक्ष एम वेन्कैया नायडूले दिएको जानकारी अनुसार तोडफोडमा उत्रिनेमध्ये आठ जना सांसद निलम्बनमा परेका छन् भने साथै विपक्षीहरुले उपसभापति हरिवंशविरुद्ध ल्याएको अविश्वासको प्रस्ताव पनि खारेज गरिएको छ।
विपक्षी सांसदहरु उपसभापतिको आसनमा पुगेर उनलाई आफ्नो कर्तव्य पालना गर्नबाट रोकेको र आइतबारको दिन राज्यसभाका लागि एकदम खराब दिन रहेको नायडूले बताएका छन।
सांसदमा छलफल चलिरहँदा विपक्षीहरुले गरेको प्रदर्शनपछि केही समय बैठक रोकिएको थियो।