माछा पोखरीमा डुबेर एकै परिवारका ३ जनाको मृत्यु
Monday, September 21st, 2020, 12:19 pm
मोरङ, ५ असोज । पोखरीमा डुबेर मोरङमा एकै परिवारका ३ जनाको ज्यान गएको छ।
ग्रामथान गाउँपालिका वडा नम्बर ४ बनसखण्डी बस्ने ३५ वर्षीया सीता अधिकारी, उनको छोरीहरु १४ वर्षीया पवित्र अधिकारी र १७ वर्षीया प्रितिका अधिकारीको मृत्यु भएको प्रहरीले बताएको छ।
रुद्र कटुवालले संचालन गरेको माछा पोखरीमा सो पोखरी तथा माछा रेखदेख कार्यमा संलग्न सीतालगायत ३ जना आइतबार बिहान माछालाई चारो हाल्न गएका थिए तर साँझसम्म पनि घर नफिर्कएपछि माछा पोखरीमा गई हेर्दा तिनजना डुबेको अवस्थामा मृत फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी मोतिपुर र हरैचाबाट खटिएको टोलीले घटनास्थल सुरक्षित राखी थप अनुसन्धान गरिरहेको छ।