भारतको महाराष्ट्रमा तीन तले भवन भत्किँदा ८ जनाको मृत्यु
Monday, September 21st, 2020, 11:27 am
एजेन्सी, ५ असोज । भारतको महाराष्ट्र राज्यको भिवन्डीमा एक तीन तले भवन भत्किँदा ८ जनाको ज्यान गएको छ।
भारतीय समाचार एजेन्सी एएनआइका अनुसार उक्त भत्किएको भवनबाट स्थानीयहरूले २० जनाको जिवितै उद्धार गरेको बताइएको छ भने सो भवनमा कम्तीमा २० देखि २५ जना फसेको अनुमान गरिएको छ।
अहिले उक्त स्थानमा उद्धारको कार्य भइरहेको छ।