पेरिसडाँडामा आज बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित, भोलि बालुवाटरमा नै बस्ने
Monday, September 21st, 2020, 11:20 am
काठमाण्डौ, ५ असोज । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सोमबार पेरिसडाँडामा बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । सोमबार दिउँसो १ बजेका लागि तय भएको बैठक मंगलबार दिउँसो १२ः३० बजे बस्ने गरी स्थगित भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।
पेरिसडाँडामा आइतबारबाट सुरु भएको बैठकमा मन्त्रिमण्डल पुर्नगठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, पार्टी एकताका बाँकी काम लगायतका विषयमा छलफल गर्ने कार्ययोजना रहेको थियो।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार (भोलि) मंगलबार बस्ने भनिएको बैठक बालुवाटारमा हुनेछ।