भियतनाममा आएको शक्तिशाली आँधीमा परेर ३ जनाको मृत्यु, एक सयभन्दा बढी घाइते
Sunday, September 20th, 2020, 4:58 pm
एजेन्सी, ४ असोज । भियतनाममा केही दिनयतादेखि शक्तिशाली आँधी आएको छ । आँधीमा परी तीन जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन्।
भियतनामको राष्ट्रिय प्राकृतिक प्रकोप व्यवस्थापन केन्द्रले दिएको जानकारी अनुसार भियतनामका केही मध्य क्षेत्रीय प्रान्तहरुमा नोउल नामको आँधी आएको छ भने सो आँधीका कारण भौतिक संरचनाहर पनि भत्किएका छन् र यस आँधीमा परेर ११२ जना नागरिक घाइते भएका छन्।
भियतनामको मध्य प्रान्त थुवा हेन हाउमा तीन जनाको मृत्यु भएको भने सो प्रान्तमा ५० भन्दा बढी नागरिक घाइते भएका छन् । साथै त्यस प्रान्तका १० घर भत्किनुका साथै २६ हजार भन्दा बढी नागरिक नराम्रोसँग प्रभावित भएका छन्।
यसै वर्षको जनवरीमा पनि त्यहाँ ठूलो आँधी आएको थियो । त्यसमा परी करिब ७८ जनाको ज्यान गएको थियो भने हजारौँ नागरिक घरबारविहीन भएका थिए।