आइतबार काठमाण्डौ उपत्यकामा थपिए ८ सय ५९ कोरोना संक्रमित, स्थिति भयावह बन्दै
Sunday, September 20th, 2020, 4:41 pm
काठमाण्डौ, ४ असोज । आइतबार मात्रै काठमाण्डौ उपत्यकामा ७ सय ६७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ६ सय २, ललितपुरका ४२ र भक्तपुरका १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
संक्रमित कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन । काठमाण्डौ उपत्यकामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएकाले स्थिति एकदम भयावह बन्दै गइरहेको छ।