बालिका खड्का पेरिसडाँडाबाट पक्राउ परे
Sunday, September 20th, 2020, 1:02 pm
काठमाण्डौ, ४ असोज । आफूलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी श्रीमती दाबी गरेर चर्चामा आएकी दोलखाकी नेकपा कार्यकर्ता बालिका खड्कालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी सचिवालय बैठकबीच पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा प्रवेश गर्न खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनले नेताहरुलाई भेट्नुपर्ने बताउँदै कार्यालयमा छिर्न खोजेकी थिइन् भने उनलाई नियन्त्रणमा लिई हाल महानगरीय प्रहरी प्रभाग, कोटेश्वरमा राखिएको छ।