कोरोना संक्रमणबाट पहिलो पटक नेपाली सेनामा कार्यरत एकको मृत्यु
Sunday, September 20th, 2020, 12:34 pm
काठमाण्डौ, ४ असोज । पहिलोपटक कोरोना संक्रमणबाट नेपाली सेनामा कार्यरत एक जनाको मृत्यु भएको छ।
नेपाली सेनाका अनुसार काठमाडौँ उपत्यकामा कार्यरत रामेछापका ३४ वर्षीय सैनिक जवानको भदौ २९ गते उपचारका क्रममा मृत्यु भएकोे हो।
मृतक जवान लामो समयदेखि ब्लड क्यान्सरका बिरामी थिए भने मृत्युपछि असोज १ गते उनमा कोरोना पोजेटिभ भएको देखिएको नेपाली सेनाले बताएको छ।
यसअघि अहिलेसम्म कुनै पनि सुरक्षा निकायका कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु भएको थिएन।