बलात्कार गरेको आरोपमा प्रशासकीय अधिकृत पक्राउ
Sunday, September 20th, 2020, 12:05 pm
कैलाली, ४ असोज । बलात्कार गरेको आरोपमा कैलाली प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
कैलालीको जोशीपुर गाउँपालिकामा प्रशासकीय अधिकृत भानुभक्त उपाध्यायले २४ वर्षीया एक महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय भजनीको टोलीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ती महिलाले उपाध्यायविरुद्ध जाहेरी दिएकी थिइन् भने उपाध्यायविरुद्ध बलात्कार मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ।