भरतपुरस्थित क्यान्सर अस्पतालका एक कर्मचारी मृत भेटिए
Sunday, September 20th, 2020, 11:00 am
चितवन, ४ असोज । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा कार्यरत एक कर्मचारी अस्पताल परिसरमै मृत भेटिएका छन्।
अस्पतालको इन्जिनियरिङतर्फ काम गर्दै आएका सूर्य मिश्र अस्पताल परिसरमै रहेको नहरमा मृत भेटिएका हुन्।
अस्पतालका कर्मचारीले भने हत्याको आशंका गरेका छन् भने जिल्ला प्रहरी कार्यालय चितवनले मृत्युको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ।
चितवन प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा हत्या भएको देखिने कुनै प्रमाण फेला नपरेको र मृतकको पोष्टमार्टम गरिसकेको भएपनि रिपोर्ट आउन बाँकी रहेको छ।