कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा थप ११ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४०१ पुग्यो
Saturday, September 19th, 2020, 5:02 pm
काठमाण्डौ, ३ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ७ जना महिला र ४ जना पुरुष संक्रमितको मृत्यु भएको हो।
काठमाडौमा ७७ वर्षीया महिला, मकवानपुरमा ३७ वर्षीया महिला, मोरङमा ६५ बर्षीया महिला, रौतहटमा ५१ बर्षीया महिला, सर्लाहीमा ५६ बर्षीया महिला, ललितपुरमा ७६ र ६८ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो।
त्यस्तै काठमाण्डौमा ७५ वर्षीय पुरुष, रुपन्देहीमा ६९ वर्षीय पुरुष, बाँकेमा ४५ वर्षीय पुरुष र ललितपुरमा ६० बर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिएका छन्।
योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।