पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थपिए ७ सय ११ कोरोना संक्रमित, स्थिति भयावह बन्दै
Saturday, September 19th, 2020, 4:41 pm
काठमाण्डौ, ३ असोज । पछिल्लो २४ घण्टामा मात्रै काठमाण्डौ उपत्यकामा ७ सय ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ५ सय ७०, ललितपुरका ५८ र भक्तपुरका ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
संक्रमित कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन । काठमाण्डौ उपत्यकामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएकाले स्थिति एकदम भयावह बन्दै गइरहेको छ।