चितवन मेडिकल कलेजमा एक कोरोना संक्रमित महिलाको मृत्यु
Saturday, September 19th, 2020, 12:28 pm
चितवन, ३ असोज । चितवनमा थप एक जना महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
चन्द्रनिगाहापुर ५ की ५१ वर्षीया कोरोना संक्रमित महिलाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा शनिबार बिहान ६ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।
अस्पतालका अनुसार उनी निमोनिया भएर भदौ २८ गते भर्ना भएकी थिइन् भने २९ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। उनी उच्च रक्तचापकी बिरामी पनि थिइन्।