शनिबार मध्यरातमा न्यूयोर्कमा अन्धाधुन्ध गोली चल्दा कम्तिमा १२ जनाको मृत्यु
Saturday, September 19th, 2020, 12:20 pm
एजेन्सी, ३ असोज । अमेरिकाको न्यूयोर्कमा शनिबार मध्यरातमा अन्धाधुन्ध गोली चल्दा कम्तिमा पनि १२ जनाको मृत्यु भएको छ।
न्यूयोर्कको रोचेस्टरमा भएको यो घटनामाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ भने सो घटनाबारे थप जानकारी आउनै बाँकी रहेको छ।
अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले प्रारम्भिक रिपोर्ट भन्दै त्यहाँका स्थानीय अधिकारीलाई उद्धृत गर्दै थप मृत्यु भएको हुनसक्ने अनुमान गरेका छन्।
गोली चलाउने बन्दुकधारी र उनको अवस्थाबारे पनि अहिलेसम्म बाहिर जानकारी आइसकेको छैन।