कोरोना संक्रमणबाट बुटवलमा थप एक जनाको मृत्यु
Saturday, September 19th, 2020, 11:29 am
बुटवल, ३ असोज । बुटवलमा थप एक जनाको कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
बुटवल १० का ६९ वर्षीय पुरुषको धागो कारखाना स्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा शनिबार बिहान १ बजे मृत्यु भएको कोभिड अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिएका छन्।
डा. थापाका अनुसार उनी भदौ २२ गतेदेखि कोरोना अस्पतालका सघन उपचार कक्षमा उपचाररत थिए भने उनमा ज्वरो स्वासप्रश्वासमा समस्या र निमोनिया देखिएको थियो।