काँग्रेस सभापति देउवाको पीसीआर रिपोर्ट नेगेटिभ
Friday, September 18th, 2020, 5:55 pm
काठमाण्डौ, २ असोज । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।
बिहीबार देउवासहित उनका परिवारका सदस्यको पनि पीसीआर परीक्षण गरिएको थियो भने पत्नी डा. आरजु देउवा, छोरा जयवीर सिंह देउवासहित सपरिवारको शुक्रबार विहान रिपोर्ट नेगेटिभ आएको देउवाको निजी सचिवालयले जानकारी दिएको छ।
बिहीबार बिहान देउवाको निजी सचिवालयका एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ परेको देउवा परिवारका सदस्यको पीसीआर परीक्षण गरिएको थियो।
बिहीबार देउवा परिवारको मात्र पिसिआर परीक्षण गरिए पनि आइतबार निवासमा कार्यरत कर्मचारी र सुरक्षाकर्मीको पनि पिसिआर परीक्षण गरिने देउवा सचिवालयले जनाएको छ।