जनकपुरमा रेल आइपुग्यो, स्थिानिय वासिन्दामा खुसीको लहर
Friday, September 18th, 2020, 3:16 pm
जनकपुरधाम, २ असोज । नेपालमा लामो समयको प्रतिक्षापछि रेल आइपुगेको छ । रेल्वे विभागका महानिर्देशक बलराम मिश्रले दिएको जानकारी अनुसार नेपालको राष्ट्रिय झण्डा अंकित रंगमा तयार पारिएको दुवै रेल सेट जनकपुर आइपुगेको छ।
कुर्था–जनकपुर–जयनगर रेल्वे सेवा सञ्चालनका लागि भारतबाट २ सेट रेलको बगी र ४ वटा इन्जिन जनकपुर ल्याइएको हो।

रेल विभागले कुर्था–जनकपुरधाम–जयनगरसम्म रेल सञ्चालनका लागि १ अर्बको लागतमा रेलको बगी तथा इन्जिन खरिद गरेको छ।
रेल सेटको निर्माण भारतको मद्रासस्थित रहेको इन्टिग्रल कोक्स नामक कम्पनीले गरेको हो । ती रेल सेटको आपूर्ति कोंकण रेल कर्पोरेशन कम्पनी लिमिटेडले गर्न लागेको छ।

भारतको जयनगरबाट जनकपुर हुँदै कुर्थासम्म ३४ किलोमिटरमा गत वर्षको मंसिर महिना पहिलो सातामै लिक परीक्षण भएको थियो।

लामो समयपछि नेपालकै झन्डा अंकित रेल आएपछि जनकपुरमा स्थानीयले खुशीयाली मनाएका छन्।