बाजुरामा आएको बाढीमा परेर तीन जना बेपत्ता
Friday, September 18th, 2020, 2:46 pm
बाजुरा, २ असोज । बाजुराको हिमाली गाउँपालिका ५ को सुप खोलामा बाढी आउँदा तीन जना जना बेपत्ता भएका छन् भने थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बिहीबार राति नै बाढी आएको भए पनि सदरमुकामबाट दुई दिनको पैदल दुरीमा रहेको गाउँको खबर ढिला आएको हो।
बाढीकै कारण खोला नजिकै रहेका तीन वटा आधुनिक, चार वटा परम्परागत घट्ट र तीन वटा काठे पुल पनि बगाएको छ भने सो बाढीले १० वटा घर र धान तथा कोदो बालीमा क्षति र्पुयाएको प्रहरीले जनाएको छ।
घटनास्थलमा प्रहरी पठाएको र थप विवरण आउन बाँकी रहेको जिप्रका बाजुराले बताएको छ।