प्रधानमन्त्री ओलीले भने, ‘औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ’
Friday, September 18th, 2020, 2:11 pm
काठमाण्डौ, २ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन्। ‘अ ट्रिटिज अन दि कन्स्टिच्युसन अफ नेपाल, २०१५’ पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले स्थिरता र स्थायित्वका नाममा संविधान संशोधन नरोकिने बताएका हुन्।
प्रधानमन्त्री ओलीका अनुसार व्यवहारिक रूपमा संविधान अपूर्ण रहेको देखिएमा संविधानको संशोधन गर्न सकिनेछ भने जनताको आवश्यकता र समयको मागअनुसार परिवर्तनको गतिलाई अगाडि बढाउन पनि संशोधन आवश्यक पर्न सक्नेछ।
उनले भने, ‘केही केही व्यवहारका क्रममा भोलि गएर अपूर्णता पनि देखिएला। जनताको आवश्यकतालाई समयको मागअनुसार परिवर्तनको गतिलाई अगाडि बढाउनका लागि न्याय, समानता वा विकासर्लाइ यथोचित ढंगले परिमार्जन गर्न संविधान संशोधन हुन आवश्यक पर्न सक्छ। त्यस्तो र्पयो भने संविधान संशोधन हुन्छ। यो अपरिवर्तनशिल र असंशोधनीय चिज होइन। स्थिरता र स्थायित्वका नाममा अपरिवर्तनशिल विषय होइन।’
संविधान दिवसको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले प्रणालीगत, संरचनागत र कानूनी पक्षका हिसाबले पनि जनता र देशको आवश्यकता अनुसार संशोधन गर्न सकिने बताएका छन्।
उनले आवश्यक देखिएमा संविधान संशोधनका लागि सबै तयार हुनुपर्ने र संविधान संशोधनका लागि हामी सबै खुला दिमाग राखेर बिना बहकाउ तयारी रहनुपर्ने समेत बताएका छन्।