लामो दूरीका विद्युतीय मिनी चल्न थाले
Friday, September 18th, 2020, 1:31 pm
काठमाण्डौ, २ असोज । नेपालमा पहिलो पटक लामो दूरीका विद्युतीय मिनी बस चल्न थालेका छन्।
श्री भवलक्ष्मी इन्भेस्टमेन्ट कम्पनी प्रालिले पहिलोपटक काठमाण्डौबाट रामेछापको सदरमुकाम मन्थलीसम्म विद्युतीय मिनी बस सञ्चालनमा ल्याएको हो ।
एनबी ग्रीनटेक इन्टरनेशनल प्रालिले चीनबाट नेपाल ल्याएको २० सीट क्षमताका यी मिनी बस आज दुई वटा मिनी बस कोटेश्वरबाट मन्थलीका लागि छुटेका छन्।
उक्त मिनी बसमा ८६ किलोवाट घण्टा लिथियम ब्याट्री, पिकपावर ११० किलोवाटको इलेक्ट्रिक मोटर, एयर कण्डिशनर, मोबाइल चार्जर, एयरब्यागका साथै आरामदायी फोल्डिङ सिट छ भने गाडीको अधिकतम गति ११० किलोमिटर प्रतिघण्टा रहेको कम्पनीका प्रबन्ध निर्देशक नेमकृष्ण मानन्धरले जानकारी दिएका छन्।
बस सञ्चालक कम्पनी भवलक्ष्मीका निर्देशक ऋतुप्रसाद चौलागाईँका अनुसार यस्ता किसिमका बिजुली बसले वातावरण संरक्षणमा योगदान गर्नुको साथै आफ्नै देशमा उत्पादित बिजुलीको खपत भएर आयातित इन्धनको समेत प्रतिस्थापन हुनेछ।