दाङमा गाडीको ठक्करबाट एक १८ बर्षीय युवकको मृत्यु
Friday, September 18th, 2020, 11:14 am
दाङ, २ असोज । गाडीको ठक्करबाट दाङमा एक जनाको मृत्यु भएको छ।
शुक्रवार बिहान पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका ८ पिपरीमा नम्बर नखुलेको गाडीको ठक्करबाट गढवा गाउँपालिका ३ का १८ वर्षीय प्रकाश कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ।
शुक्रवार बिहान करिब साढे २ बजे तिर गाडीले ठक्कर दिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। ठक्करबाट गम्भीर घाइते भएका कुँवरको ढिला उद्दार भएको थियो।
इलाका प्रहरी कार्यालय भालुबाङका अनुसार गम्भीर घाइते भएका कुँवरको लमहीमा उपचारको क्रममा बिहान ७ बजेर १५ मृत्यु भएको हो भने ठक्कर दिने गाडीको खोजी भैरहेको छ।