चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित युवकको मृत्यु
Friday, September 18th, 2020, 10:18 am
चितवन, २ असोज । चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नवलपुरको देवचुली नगरपालिका–११ का ३१ वर्षीय पुरुषको मेडिकल कलेजमा उपचारका क्रममा युवकको मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले बताएका छन्।
गत भदौ २५ गते निमोनिया र श्वासप्रश्वासमा समस्या भएका कारण अस्पताल भर्ना भएका उनमा २६ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।
डा. लम्सालका अनुसार आइसीयूमा भेन्टिलेटरको सहायतामा उपचार हुँदै गर्दा राति १२ः१८ बजे उनको मृत्यु भएको हो।