राष्ट्रियसभा सदस्य वामदेव गौतमले सपथ लिए
Thursday, September 17th, 2020, 4:57 pm
काठमाण्डौ, १ असोज । राष्ट्रियसभा सदस्यमा मनोनित सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पद तथा गोपनियताको सपथ लिएका छन्।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा उपाध्यक्ष गौतमलाई बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन्।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले अपराह्न गौतमलाई पद तथा गोपनियताको सपथ खुवाएका छन्।