बिहीबार थपिए १ हजार २ सय ४६ कोरोना संक्रमित, डिस्चार्ज भए १ हजार २ सय ४३
Thursday, September 17th, 2020, 4:30 pm
काठमाण्डौ, १ असोज । बिहीबार मात्रै देशभर थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या संख्या ५९ हजार ५ सय ७३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीबार १ हजार २ सय ४३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। योसंगै हालसम्म ४२ हजार ९ सय ४९ जना कोरोनाबाट निको भएका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४१ रहेको मन्त्रालयले जनाएको छ।
यस्तै आज १० हजार ६ सय ४१ जनाको पीसीआर परीक्षण भएको छ भने संस्थागत आइसोलेशनमा ७ हजार ९ सय ३ र होम आइसोलेशनमा ८ हजार ३ सय ३८ जना रहेका छन्।