कंगना रनावतले जया बच्चन र उर्मिला मातोडकरलाई दिइन् कडा जवाफ
Thursday, September 17th, 2020, 4:21 pm
एजेन्सी, १ असोज । बलिउड अभिनेत्री कंगना रनावतले बुधवार निकै कडा बयान दिएकी छन्।
उनले ट्वीट्रमार्फत बलिउडले आफूलाई जम्मा दुई मिनेटको भूमिका, आइटम नम्बर र रोमान्टिक सीन मात्र दिएको र त्यो पनि नायकसँग सुतेपछि पाएको भनी बताएकी छिन्।
पुरानी अभिनेत्री तथा समाजवादी पार्टीकी सांसद जया बच्चनले बलिउडलाई बदनाम गर्नेहरूको संसदमा आलोचना गर्दै बलिउडबाट पैसा कमाएर त्यसैलाई बदनाम गर्न नहुने उनले भनाइ राखेपछि कंगनाको यस्तो जवाफ आएको हो।
यसैबीच अर्की अभिनेत्री उर्मिला मातोडकरले कंगनालाई रुन्ची केटी भनी टिप्पणी गरेपछि कंगनाले कठोर जवाफ फर्काउँदै उर्मिला सफ्ट पोर्न अभिनेत्री भएको बताएकी छिन्।
सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा नातावाद र लागूपदार्थ सेवनका विषयमा कंगनाले फिल्म उद्योगका मानिस तथा महाराष्ट्र सरकारसँग नडराई सामना गरिरहेकी छिन्।