मापसे गरी चालकले चलाएको कारले बिजुलीको पोलमा हान्दा पोल भाँचियो
Thursday, September 17th, 2020, 2:40 pm
काठमाण्डौ, १ असोज । अत्यधिक मदिरा पिएर सवारी चलाउँदा गएराति ११ बजे काठमाडौंको मण्डिखाटारमा एउटा कारले बिजुलीको पोल नै भाँचिदिएको छ।
मदिरा पिएका चालक हाँकेको प्रदेश नम्बर ३–०१–०२२ च ६७५३ नम्बरको कारले मण्डिखाटारमा सडक छेउको बिजुलीको पोललाई ठक्कर दिँदा बिजुलीको पोल भाँचिएर त्यही कारमाथि बजारिएको थियो।
महानगरीय ट्राफिक प्रहरीका अनुसार मदिरा सेवन गरेर सवारी चलाउँदा कार अनियन्त्रित भई दुर्घटना भएको हो भने सो कार ठोक्किएर बिजुलीको पोल भाँचिएको र कार चालक नवीन पोखरेल सुरक्षित रहेको छ।
अहिले ढलेको पोल व्यवस्थापन भइसकेको छ भने कार चालक पोखरेललाई प्रहरी वृत महाराजगन्जमा बुझाइएको महाशाखाले जनाएको छ।