पैचिङ् विश्व महिला सम्मेलनको गोष्ठीमा चिनियाँ राष्ट्रध्यक्षकी श्रीमती फङ ली युआनको संबोधन
Thursday, September 17th, 2020, 11:27 am
चीन, १ असोज । २१औं शताब्दी गरिबी उन्मूलन कार्य र महिलाको भूमिका अर्थात् पैचिङ्ग विश्व महिला सम्मेलनको सम्झना २५औं ग्लोबल महिला शिखर सम्मेलन एवं ग्लोबल महिला शिखर सम्मेलनको पाँचौं गोष्ठी १६ तारिख पैचिङ्गमा आयोजना भएको छ। राष्ट्राध्यक्ष सी चिनफिङकी श्रीमती फङ ली युआनले भिडियोमार्फत यस सम्मेलनलाई संबोधन गर्नुभयो। उहाँका अनुसार पैचिङ्ग विश्व महिला सम्मेलन र ग्लोबल महिला शिखर सम्मेलन सबै महिलाको विकास कार्यको महत्वपूर्ण कोषेढुङ्गा हुन् भने यसले महिलाको अधिकारको प्रत्याभूति,महिलाको मुक्ति र प्रगतिलाई साकार तुल्याउन,विभिन्न मुलुकद्वारा लैङ्गिक समानतालाई प्रवर्द्धन आदि क्षेत्रमा निर्देशकीय भूमिका खेलेको छ। २५ वर्षयता ग्लोबल महिला कार्यले सकारात्मक प्रगति हासिल गरेको देखिन्छ।
फङले जोड दिएअनुसार चीन सधैं नै ग्लोबल महिला कार्य र गरिबी निवारण कार्यको सक्रिय वकालतकर्ता हो। यस वर्ष चीनले वर्तमान मापदण्डबमोजिम ग्रामीण क्षेत्रका गरिब जनतालाई गरिबीमुक्त पार्ने लक्ष्य पूरा गर्ने छ। जसले मानव जातिको प्रगति कार्यमा महत्वपूर्ण योगदान सिर्जना गर्ने छ। विभिन्न मुलुकका विभिन्न क्षेत्रका व्यक्तिहरुले पैचिङ्ग विश्व महिला सम्मेलन र ग्लोबल महिला शिखर सम्मेलनको भावनालाई विस्तार गर्दै महिलाका लागि समान तथा उत्कृष्ट शिक्षा,रोजगार आदि अवसर सिर्जना गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो।