बुधबार काठमाण्डौ उपत्यकामा थपिए ७ सय ३७ कोरोना संक्रमित, स्थिति भयावह बन्दै
Wednesday, September 16th, 2020, 5:06 pm
काठमाण्डौ, ३१ भदौ । बुधबार मात्रै काठमाण्डौ उपत्यकामा ७ सय ३७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ६ सय ५२, ललितपुरका ६० र भक्तपुरका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
संक्रमित कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन । काठमाण्डौ उपत्यकामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएकाले स्थिति एकदम भयावह बन्दै गइरहेको छ।