जाजरकोटमा कार्यक्षेत्रमा काम गरिरहेका वडा सचिवको मृत्यु
Wednesday, September 16th, 2020, 1:51 pm
जाजरकोट, ३१ भदौ । नलगाड नगरपालिका १० का २६ वर्षीय वडासचिव कविराम रोकाको कार्यक्षेत्रमा काम गरिरहेका समयमा आज बिहान मृत्यु भएको छ।
रुकुम (पश्चिम) सानीभेरी गाउँपालिका–१३ छिवाङ घर भएका रोका केही समयदेखि नलगाड–१० मा कार्यरत रहेका थिए।
नगरपालिकाका प्रवक्ता राममाया हमालले दिएको जानकारी अनुसार निरन्तर ज्वरो आउने र श्वास फेर्न समस्या हुने समस्याबाट पीडित भएको एक हप्ताभित्र रोकाको मृत्यु भएको हो।
त्यस्तै मृतक रोकाको स्वाब सङ्कलन गरी चौरजहारीस्थित कोरोना जाँच प्रयोगशालामा पठाउने तयारी भएको छ।