मोटरसाइकल दुर्घटनामा परी सेनाका एक जमदारको मृत्यु
Wednesday, September 16th, 2020, 1:26 pm
जनकपुरधाम, ३१ भदौ । सिरहामा भएको मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका एक जमदारको मृत्यु भएको छ।
नेपाली सेनाको श्री बक्स गुल्मी अर्थुङ्गे ब्यारेक म्याग्दीमा कार्यरत खोटाङमा घर भइ सुनसरीको इटहरी ४ बस्ने पेशल पाण्डेको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो।
प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगरपालिका–१ स्थित मेदनी पुल सडक खण्डमा आफैंले चलाएको को२२ प २९४४ नम्बरको मोटरसाइकल दुर्घटना भई उनको मृत्यु भएकोे हो।
दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ।