आज सुनचाँदीको मूल्य स्थिर
Wednesday, September 16th, 2020, 12:46 pm
काठमाण्डौ, ३१ भदौ । बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ।
मंगलबार प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
यस्तै महासंघका अनुसार तेजावी सुन तोलामा ९७ हजार रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य पनि मंगलबारको जति नै १ हजार ३४० रुपैयाँ कायम भएको छ।