नेपालको नयाँ नक्सा भएको सिक्का निष्काशन गर्दै राष्ट्र बैंक
Wednesday, September 16th, 2020, 12:36 pm
काठमाण्डौ, ३१ भदौ । नेपाल राष्ट्र बैंकले नेपालको नयाँ नक्सा भएको सिक्का निष्काशन गर्ने भएको छ। राष्ट्र बैंकले नेपाल सरकारले हालै जारी गरेको नयाँ नक्सा राखेरे एक र दुई रुपैयाँको नयाँ सिक्का निष्काशन गर्न लागेको हो।
सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्र बैंकलाई नयाँ नक्सा राखेर सिक्क निष्काशन गर्न स्वीकृति दिएको हो।
योसँगै अब सिक्का निष्काशनको थप प्रक्रिया अगाडि बढाउने राष्ट्र बैंकले बताएको छ।
नेपाल सरकाले केही समय अघि लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गरिसकेको छ भने सोही नक्सा राखेर सिक्का निष्काशन गर्न लागिएको हो।