शशांक कोइराला ओम अस्पतालको आइसियूमा
Wednesday, September 16th, 2020, 12:26 pm
काठमाण्डौ, ३१ भदौ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई आइसियूमा राखेर उपचार गरिरहेको छ। अस्पताल भर्ना भएका कोरोना संक्रमित कोइरालालाई ज्वरो आएपछि ओम अस्पतालको आइसियूमा राखिएको छ।
कोइरालाको ज्वरो नियन्त्रणमा आएको छ भने स्वास्थ्य अवस्था सामान्य हुदै गएको अस्पताल स्रोतले बताएको छ।
अस्पताल स्रोतका अनुसार काइरालाको स्वास्थ्य स्थिति स्टेबल रहेको छ भने डराइहाल्नुपर्ने स्थिति नभएको र अक्सिजन बेला–बेलामा जरूरत पर्दा मात्र दिनुपरेको छ।
कोइरालालाई गत भदौ २३ मा कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमण भएपनि उनलाई लक्षण देखिएको थिएन। लक्षण नदेखिएपछि उनी होम आइसोलेसनमा बसेका थिए।
ज्वरो आएपछि कोइरालालाई मंगलबार राति अस्पताल लगिएको थियो।