कुलमान घिसिङलाई फेरि नियुक्त गर्न माग गर्दै बालाजु र जोरपाटीमा प्रदर्शन
Wednesday, September 16th, 2020, 11:27 am
काठमाण्डौ, ३१ भदौ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्न माग गर्दै काठमाण्डौको जोरपाटी र बालाजुमा प्रदर्शन भएको छ।
बालाजु माछापोखरीमा स्वतन्त्र नागरिक समूहले शान्तिपुर्ण प्रदर्शन गरेको हो भने जोरपाटीमा स्थानीय युवाहरुले प्रदर्शन गरेका हुन्।
विभिन्न प्लेकार्ड र राष्ट्रिय झण्डासहित उपस्थित युवाहरुको समूहले सरकारले कुलमानमाथि न्याय गर्न नसकेको र कुलमानको पुनः नियुक्तिमा ढिलाइ भएको भन्दै सरकारविरुद्ध चर्को नाराबजी पनि गरेका थिए।
उनीहरुले कुलमानलाई फेरि प्राधिकरणमा जिम्मेवारी दिने गरी निर्णय गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
घिसिङको चार वर्षको कार्यकाल आइतबार पुरा भएको थियो थियो भने मंगलबार प्राधिकरणका कर्मचारीहरुले उनको औपचारिक बिदाइ पनि गरिसकेको छ।
प्रधानमन्त्री नै कुलमानलाई दोर्होयाउन इच्छुक नभएता पनि जनस्तरबाट भने कुलमानलाई फेरि प्राधिकरणमा नियुक्ति गर्न सरकारमाथि दबाव छ।